प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। जेन–जी प्रदर्शनका क्रममा संघीय संसद् भवनमा भएको आगजनी र भौतिक क्षतिको कारण बैठक बस्न नसकेको हो। प्रदर्शनकारीहरूले संसद् भवनमा आगो लगाउँदा भवन पूर्णरुपमा जलेर ध्वस्त भएको थियो।
संघीय संसद् महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “भदौ २५ गते, बुधवार दिउँसो १ः०० बजे बस्ने गरी तोकिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६(३) अनुसार सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको छ।”
विज्ञप्ति मार्फत सबै सांसद तथा सम्बन्धित पक्षलाई जानकारी दिइएको छ। यस अवस्थाले संसदको कार्यसूचीमा अस्थायी अवरोध ल्याएको छ भने पुनः बैठकको समय अर्को सूचना जारी भएपछि तय गरिने जनाइएको छ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया