आज पनि बस्दै प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले दुई विधेयक प्रस्तुत गर्ने

आज पनि बस्दै प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले दुई विधेयक प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्नेछन्।

कार्यसूचीअनुसार सांसद खडकबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।

यस्तै, सांसद नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि अर्थमन्त्री वाग्लेले सो अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

सांसद आरेन राईले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, सांसद कृपाराम रानाले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। सोपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स