प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको हो।
प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्मै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्मै आएर सच्याउनुपर्ने अडान लिँदै निरन्तर विरोध जनाइरहेका छन्।
विपक्षीको अवरोधका कारण नियमित कार्यसूची अघि बढ्न नसकेपछि बैठक स्थगित गरिएको हो।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया