SHAREHUBSHAREHUB

धम्कीबारे उजुरी दिन सांसद खुश्बु ओलीलाई गृहमन्त्रीको आग्रह, कारबाही गर्ने आश्वासन

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २७ गते
AdvertisementAds
धम्कीबारे उजुरी दिन सांसद खुश्बु ओलीलाई गृहमन्त्रीको आग्रह, कारबाही गर्ने आश्वासन
AdvertisementAds

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो अभिव्यक्तिकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएपछि गृहमन्त्री सुधन गुरुङले उनीसँग छलफल गरेका छन्।

ओलीले संसद् बैठकमै उक्त विषय उठाउँदै आफूलाई सामाजिक सञ्जालमार्फत धम्की आएको बताएकी थिइन्। त्यसपछि गृहमन्त्री गुरुङले बैठकस्थलमै पुगेर उनीसँग छलफल गरेका हुन्।

ओलीका अनुसार, नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई लक्षित गर्दै ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको हो। उनले संसदमा बोल्दै भनेकी थिइन्, “९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपाल सनातन राज्य हुनुपर्ने कुरा मैले उठाउँदा सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा धम्की आएको छ।”

उनले थपिन्, “के धर्मनिरपेक्षताको यही परिणाम हो? म यो धम्की सहन सक्छु, तर यो केवल ममाथि मात्र होइन, सिंगो सनातनी समुदायमाथिको आक्रमण हो।”

संसद बैठकपछि गृहमन्त्री गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइने आश्वासन दिएका छन्। उनले पीडित पक्षलाई कानुनी प्रक्रियामा जान आग्रह गर्दै दोषीमाथि कारबाही हुने विश्वास दिलाएका छन्।

AdvertisementAds

ओलीले केही दिनअघि पनि संसदमा धर्मान्तरण र सनातन राज्यको विषय उठाएकी थिइन्। त्यसपछि आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा धम्कीहरू बढेको उनले बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स