हिमालयन रिइन्स्योरेन्सले कर्मचारी माग्यो, योग्यता कति चाहिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
हिमालयन रिइन्स्योरेन्सले कर्मचारी माग्यो, योग्यता कति चाहिने ?

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनका लागि वरिष्ठ तहको कर्मचारी माग गरेको छ।

कम्पनीका अनुसार इच्छुक उम्मेदवारले कम्तीमा ५ वर्षको अनुभव सहित स्नातकोत्तर (मास्टर) वा समकक्षीय डिग्री प्राप्त गरेको हुनुपर्नेछ। बीमा (बीमा कम्पनी, बीमा परामर्शदाता, बीमा अभिकर्ता/दलाल, सर्वेक्षक) वा बैंकिङ क्षेत्रमा कार्यअनुभव भएकालाई प्राथमिकता दिइनेछ। साथै, अन्तर्राष्ट्रिय बजारसम्बन्धी अनुभव भएका उम्मेदवारहरूलाई अझ बढी प्राथमिकता दिइनेछ।

न्यूनतम उमेर ३५ वर्ष हुनुपर्नेछ भने भाषागत योग्यता अन्तर्गत स्ट्यान्डर्ड म्यान्डारिन, रसियन र अंग्रेजी भाषा जानेको हुनुपर्नेछ। अन्य थप भाषा जान्नेहरूलाई अतिरिक्त प्राथमिकता दिइनेछ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले ७ दिनभित्र आफ्नो बायोडाटा (CV) र कभर लेटर [email protected] मा पठाउन अनुरोध गरिएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स