हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज असार १० गते, मंगलबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुँदैछ।
सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
यसबाहेक, संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, सोही अवधिको एनएफआरएस अनुरूप तयार पारिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरूमाथि समेत छलफल हुनेछ।
सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेड को २०८०/८१ सालको वित्तीय विवरण पनि स्वीकृत गर्नेछ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेस गरिनेछ। हालका लेखालाभांश पारित गर्न हिमालयन लाइफको साधारण सभा आज बस्दैपरीक्षक एससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टलाई पुनः नियुक्त गर्न प्रस्ताव गरिएको छ।
त्यस्तै, नियामक निकायहरूले आवश्यक ठानेमा प्रस्तावित विषयहरूमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव र कम्पनी ऐनको दफा १०५ (१)(ग) अनुसार २०८०/८१ को खर्च स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
यसअघि कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। सोअनुसार, सो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया