हिमालयन बैंक लिमिटेडले आज (असार ३२) गतेदेखि ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ (थप सार्वजनिक निष्काशन) ल्याएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधानअनुसार बैंकले एफपीओ निष्काशन गरेको हो।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी छ, जसमा ७२.९९ प्रतिशत संस्थापक र २७.०१ प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको छ। अब सर्वसाधारणको स्वामित्व ३० प्रतिशत पुर्याउन बैंकले एफपीओ प्रतिकित्ता १५७ रुपैयाँमा ल्याएको हो, जसमा १०० रुपैयाँ अंकित मूल्य र ५७ रुपैयाँ प्रिमियम समावेश छ। यस एफपीओको कुल आकार १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी हुनेछ।
न्यूनतम १० कित्तादेखि अधिकतम खुला कित्तासम्म आवेदन दिन सकिने यो एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। तर यदि तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म समय थपिनेछ। एफपीओलाई “CARE NP BBB (Issuer)” रेटिङ प्राप्त भएको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ। यस एफपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड हो भने आवेदन ‘मेरो शेयर’ सि–आस्बा प्रणालीमार्फत दिन सकिनेछ।
एफपीओपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी पुग्नेछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया