हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) ल्याउने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधानअनुसार बैंकले एफपीओ जारी गर्न लागेको हो। हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ, जसमध्ये ७२.९९% संस्थापक र २७.०१% सर्वसाधारणको स्वामित्वमा छ। अब सर्वसाधारणको हिस्सा ३०% पुर्याउन बैंकले १५७ रुपैयाँ प्रतिकित्तामा एफपीओ निष्काशन गर्न लागेको हो, जसमा १०० रुपैयाँ अंकित मूल्य र ५७ रुपैयाँ प्रिमियम रहेको छ। एफपीओको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख रुपैयाँभन्दा बढी हुनेछ।
एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिनेछ। साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ भने पर्याप्त आवेदन नपरेमा असार १४ गतेसम्म समय थपिनेछ। यस एफपीओलाई “CARE NP BBB (Issuer)” रेटिङ प्राप्त भएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आवेदन ‘मेरो शेयर’ सि–आस्बा प्रणालीमार्फत गर्न सकिनेछ। एफपीओपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी पुग्नेछ।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया