insta insta

९२ लाख ५० हजार कित्ता एफपीओ जारी गर्दै हिमालयन बैंक, प्रतिकित्ता कति रुपैयाँ ?

९२ लाख ५० हजार कित्ता एफपीओ जारी गर्दै हिमालयन बैंक, प्रतिकित्ता कति रुपैयाँ ?
Advertisement Ads

हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ जारी गर्न अनुमति मागेको हो।

बोर्डले स्वीकृति दिएपछि बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम थपेर, कुल १६९ रुपैयाँमा एफपीओ बिक्री खुला गर्ने योजना बनाएको छ।

यस अनुसार, हिमालयन बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गर्न चाहेको हो।

एफपीओ बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटललाई दिइएको छ।

Screenshot 2025 06 13 072907 https://bajarkochirfar.com/himalayan-bank-is-issuing-9-25-million-units-of-fpo-how-much-is-per-unit | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स