स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएको छ। आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रम अपुग हुने बताउँदै प्रदेश सरकार र स्थानीय तहले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन्।
उनले भनिन्, “धेरै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो गरिरहेका छन्। बजेट अभावका कारण भुक्तानी दिन नसकिएको छ।” हाल स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै रु एक अर्ब बिमा बोर्डलाई भुक्तानी गरिएको छ।
मन्त्री गौतमले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बिमाका लागि रकम विनियोजन गर्न आग्रह गरेको र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने निरन्तर प्रयास भइरहेको बताए। उनले जेनजी आन्दोलनका घाइतेको उपचार, अङ्ग प्रत्यारोपण र सहिद परिवारको आवश्यक सेवामा सरकारले काम गरिरहेको जानकारी पनि दिइन।
उनले फागुन २१ गते हुने निर्वाचन स्वच्छ र भयरहित गर्न सबैको सहयोग आवश्यक भएको बताउँदै राजनीतिक दल, मतदाता र युवापुस्तालाई सहयोग गर्न अपिल गरिन।


















![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)
![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)
प्रतिकृया