SHAREHUB SHAREHUB

बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष: जेनजीको अन्त्येष्टि पनि नजाने गेमर चुनावमा आउने रे!

Advertisement Ads
बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष: जेनजीको अन्त्येष्टि पनि नजाने गेमर चुनावमा आउने रे!
Advertisement Ads

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राजनीतिक रूपमा सक्रिय बन्दै गएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै साम्पाङले जेनजीलाई उक्साएर पछि लुकेर राजनीति खेल्ने व्यक्तिहरू पनि चुनावमा आउने भन्दै बालेनप्रति संकेत गरेका हुन्।

“Gen z लाई उक्साएर मर्न लगाएर gen z अन्त्येष्टि समेतमा ननिस्कने लुकेर game खेल्ने gamer पनि चुनावमा आउने रे ! ” साम्पाङले लेखेका छन्।

जेनजी आन्दोलनअघि नजिक रहेका बालेन र साम्पाङबीच आन्दोलनपछि सम्बन्ध चिसिएको छ। प्रधानमन्त्री बन्न सहयोग नगरेको भन्दै साम्पाङले पछिल्लो समय बालेनमाथि सामाजिक सञ्जालमार्फत निरन्तर आलोचना गर्दै आएका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक सूची बुझाउने मिति नजिकिँदै जाँदा बालेनले विभिन्न राजनीतिक दल, अभियन्ता र जेनजी नेताहरूसँग छलफल गर्दै सक्रियता बढाएका छन्।

Advertisement Ads

605215355 1231944482224193 9035423794816973368 n https://bajarkochirfar.com/hark-sampangs-sarcasm-after-balen-became-active-gamers-who-dont-even-go-to-gen-zs-funeral-will-run-in-the-elections | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स