सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजीपी)मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १९ गतेदेखि लागू हुने गरी उनलाई ३२औं आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
हालका आइजीपी दिपक थापा १८ गते राति १२ बजेदेखि अवकाश लिने भएकाले नयाँ नेतृत्व चयन गरिएको हो। शनिबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा प्रस्थान गर्न लागेकाले आजकै बैठकमा आइजीपी नियुक्ति टुंगो लगाइएको हो।
तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।


















प्रतिकृया