एक साताभित्र जुत्ता, चप्पल र औषधीमा एमआरपी अनिवार्य नराखे कारबाही गर्ने सरकारको चेतावनी



Advertisement
Ads

सरकारले एक साताभित्र जुत्ता, चप्पल र औषधिमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल राख्न निर्देशन दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई सात दिनको समयसहित यस्तो निर्देशन दिएको हो।

चैतमै निर्देशन दिइए पनि पालना नभएको पाएपछि विभागले छलफल गरी एमआरपीसहितको लेबल राख्ने सहमति जुटाएको हो। विभागले सात दिनभित्र कार्यान्वयन नभए कारबाही गर्ने चेतावनी दिएको छ।


Advertisement

संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादन वा आयात गरिएका वस्तुमा उपभोक्ताले बुझ्ने भाषामा लेबल अनिवार्य गर्नुपर्ने व्यवस्था छ। लेबलमा एमआरपी, उत्पादन/उपभोग्य मिति, कर, ब्याच नम्बर, गुणस्तर, चेतावनी चिन्हजस्ता विवरण राख्नुपर्नेछ। तर, खुला रूपमा बिक्री गरिने तरकारी वा फलफूलमा भने यो नियम लागू हुनेछैन, तर आयातित प्याकेटमा ल्याइएका वस्तुमा लागू हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर