SHAREHUBSHAREHUB

सरकारले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २४ गते
AdvertisementAds
सरकारले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्दै
AdvertisementAds

सरकारले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्न पहल थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत उक्त पहल अघि बढाउने तयारी गरेको हो।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री रामजी यादवले यसबारे जानकारी दिएका हुन्।

मन्त्री यादवका अनुसार श्रम सम्झौताका लागि सम्बन्धित देशसँग मन्त्रालयमार्फत पहल गर्दा जवाफ आउन ढिलाइ भएकाले अब परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल अघि बढाइनेछ। उनले हालसम्म १३ देशसँग मात्र द्विपक्षीय श्रम सम्झौता भएको भए पनि १७८ देशमा नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गरे।

उनले वैदेशिक रोजगार प्रक्रियामा हुने आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्न सरकार प्रयासरत रहेको बताए। वैदेशिक रोजगारीमा जानेमध्ये करिब ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको तथ्य पनि उनले प्रस्तुत गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स