गोर्खाज फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि नयाँ दरखास्त मागेको छ। हालै ज्ञानेन्द्र इवाहाङ र प्रकाश चन्द्र अधिकारीको सीईओ नियुक्ति नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खारेज गरिएको थियो।
अब कम्पनीले रिक्त पद पूर्ति गर्न नयाँ सीईओ नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। रिक्त पद पूर्तिका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र इमेलमार्फत आवेदन दिन आह्वान गरिएको छ।
सीईओ पदका लागि उम्मेदवारले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ।
साथै, चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमध्ये कुनै एकमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यानुभव रहेको हुनुपर्छ।
यो पनि पढ्नुहोस्
गोर्खाज फाइनान्सको सीईओ नियुक्ति गोलमाल, इवाहाङको नियुक्ति बधाई खान नपाउदै खारेज | BAJARKO CHIRFAR
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया