गोर्खाज फाइनान्सको सीईओ नियुक्ति गोलमाल, इवाहाङको नियुक्ति बधाई खान नपाउदै खारेज

गोर्खाज फाइनान्सको सीईओ नियुक्ति गोलमाल, इवाहाङको नियुक्ति बधाई खान नपाउदै खारेज
Advertisement Ads

गोर्खाज फाइनान्सका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र इवाहाङको नियुक्ति बधाई खान नपाउदै खारेज गरिएको छ।हिजो बिहान १०:३० बजेन् बसेको कम्पनीको संचालक समितिको बैठकले आज (चैत्र ११) देखि लागू हुनेगरि इवाहाङलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। तर, नेपाल राष्ट्र बैंकको निर्देशन पछि कम्पनीको संचालक समितिले सोहि दिन साँझ ४ बजे इवाहाङको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले २०८१ पुस २४ देखि २५ गतेसम्म गोर्खाज फाइनान्सको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा देखिएका कैफियतको आधारमा राष्ट्र बैंकले चैत्र १० गते कम्पनीलाई पत्र पठाएर प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसम्बन्धी सबै कार्य रद्द गर्न निर्देशन दिएको थियो।

केही दिन अघि कम्पनीले नियुक्त गरेको अर्को सीईओ प्रकाश चन्द्र अधिकारीको नियुक्ति पनि खारेज गरिएको थियो। २०८१ पुस १४ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। तर अधिकारीले संचालक समितिको सर्वसम्मत निर्णय नभएको भन्दै असमर्थता व्यक्त गर्दै पत्र पठाएका थिए। त्यसपछि, २०८१ चैत्र ६ गते बसेको संचालक समितिको बैठकले अधिकारीको नियुक्ति पनि खारेज गर्ने निर्णय गरेको थियो।

Screenshot 24 3 2025 13218 www.nepalstock.com https://bajarkochirfar.com/gorkhaj-finance-ceo-appointment-scandal-evahangs-appointment-cancelled-without-congratulations | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स