शुक्रबार सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा, एकैदिन बढ्यो ४ हजार रुपैयाँले
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ भने चाँदीको पनि बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर तोलाको २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ।