ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ताप्लेजुङस्थित ३१.९२ मेगावाट क्षमताको माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि फाइनान्सियल क्लोजर सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त सम्झौता सौर्य होल्डिङ प्रा.लि. (आयोजनाको प्रवर्द्धक कम्पनी) र ग्लोबल आइएमई बैंकबीच भएको हो। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले आयोजनामा ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिषराज कुँवर, र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा सम्पन्न सो कार्यक्रममा उनले आयोजना समयमै सम्पन्न भई देशको ऊर्जा उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कुल अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको यस आयोजनामा बैंकले ७५ प्रतिशत लगानी गर्नेछ भने बाँकी २५ प्रतिशत सौर्य होल्डिङले हकप्रद सेयरमार्फत उठाएको रकमबाट जुटाउनेछ। आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्षभित्र सम्पन्न हुने लक्ष्य रहेको छ।















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया