प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका माग र अपेक्षा पूरा गर्न नसकेको भन्दै जेनजी समूहले सरकार फिर्ता बोलाउन माग गरेका छन्। उनीहरूले बिहीबार राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गर्दै नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन आग्रह गरेका हुन्।
ज्ञापनपत्र बुझाउनेमध्ये अधिकांश राजावादी जेनजी समूहका सदस्य रहेको बताइन्छ। भदौ २३–२४ मा भएको जेनजी विद्रोहको आधारमा बनेको सरकारले ठूला भ्रष्टाचारमाथि कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार, शहीद परिवारको क्षतिपूर्ति लगायतका न्यूनतम अपेक्षा पूरा नगरेको उनीहरूको आरोप छ।
उनीहरूले विद्रोहका माग बेवास्ता गरेर सरकारले केवल निर्वाचनमा केन्द्रित भएको दाबी गरे। विद्रोही पक्षका माग तत्काल सम्बोधन गर्न नसके वर्तमान सरकार फिर्ता बोलाई आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपति मध्यस्थ बन्नुपर्ने माग उनीहरूको छ। अन्यथा फेरि शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम सुरू गर्ने चेतावनी पनि जेनजी समूहले दिएका छन्।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)
प्रतिकृया