जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। कार्की नेतृत्वको सरकार बनेपछि मन्त्रीहरूले भ्रष्टाचारपूर्ण कदम तथा गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै संगठनले सोमबार एक विज्ञप्ति जारी गर्दै राजीनामाको माग गरेको हो।
विज्ञप्तिअनुसार ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताका कारण ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुगेको आरोप छ। त्यस्तै, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको दाबी गरिएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी बढाएको, तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप समेत लगाइएको छ।
यी सबै गतिविधि प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष संलग्नता र संरक्षणबिना सम्भव नहुने जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रतिकृया