जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवार आकांक्षीको सूचीमा परेका छन्।
रास्वपाले प्रतिनिधिसभा समानुपातिक उम्मेदवारका लागि आवेदन आह्वान गरेपछि यादवले मधेशी क्लष्टरबाट आवेदन दिएका हुन्। पार्टीले गएराति सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनको नाम समावेश छ।
यादव गत २३ भदौमा प्रदर्शनका लागि प्रशासनसँग अनुमति लिने अगुवामध्ये एक थिए।
रास्वपाले १४ पुसमा समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ। त्यसअघि पार्टीले सबै प्रदेशमा इच्छुक उम्मेदवारहरूसँग छलफल गर्ने तयारी गरेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया