दैलेखको जलजले क्षेत्रमा ठूलो परिमाणको प्राकृतिक ग्यास फेला परेको छ। चीनको सरकारी टोलीले प्रस्तुत गरेको प्रारम्भिक अध्ययनले झण्डै ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको संकेत दिएको छ। यो परिमाण नेपालका लागि करिब ५० वर्षसम्म पर्याप्त हुने बताइएको छ, जसले मुलुकको ऊर्जा भविष्यमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
२०८० सालदेखि चीनको चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा दैलेखमा ड्रिलिङ सुरु गरेका थिए। ४,००० मिटर गहिराइसम्म खनेर परीक्षण गरिँदा ग्यासको गन्ध भेटिएको थियो। त्यसपछि संकलित चट्टान नमूना परीक्षणका लागि चीन पठाइएको थियो, जहाँबाट हालै मिथेन ग्यासको प्रारम्भिक पुष्टि आएको हो।
मिथेन ग्यासलाई वातावरणमैत्री इन्धनका रूपमा लिइन्छ, जसको प्रयोगबाट गाडी सञ्चालन, विद्युत् उत्पादन, र घरायसी आवश्यकताहरू पूरा गर्न सकिन्छ। साथै, मिथेनबाट हाइड्रोजन छुट्याएर अमोनिया उत्पादन गर्न सकिन्छ, जुन मल उद्योगमा उपयोगी हुन्छ।
उद्योगमन्त्री दामोदर भण्डारीका अनुसार विस्तृत अध्ययन प्रतिवेदन डिसेम्बरसम्म आउने अपेक्षा गरिएको छ। त्यसपछि ७५ दिनको परीक्षण उत्पादन सुरु गरिनेछ, जसको लागि करिब ६५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
दैलेखमा जमिनबाट आगो निस्किने स्थानहरू पुरातनकालदेखि पूजा गरिँदै आएका थिए।
भारतले २०७२ सालमा लगाएको नाकाबन्दीपछि नेपालले वैकल्पिक इन्धन स्रोतको खोजी सुरु गरेको थियो। त्यसैबेला चीनसँग सहकार्य गरेर सम्भावित ग्यास भण्डारहरूको अध्ययन थालिएको हो। झन्डै एक दशकको प्रतीक्षा पछि दैलेखमा उत्पादनको ढोका खुल्दै गएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया