insta insta

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क तिर्न गरिमा क्यापिटलको आग्रह

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क तिर्न गरिमा क्यापिटलको आग्रह
Advertisement Ads

गरिमा क्यापिटलले डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले २०८२ असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी खाताको नवीकरण गर्न आग्रह गरेको हो। यदि सो मिति भित्र शुल्क नतिर्ने हितग्राहीको खाता फ्रिज गरिनेछ। डिम्याट खाताको वार्षिक नवीकरण शुल्क प्रतिखाता रु. १०० र मेरोसेयरको रु. ५० तिर्नुपर्नेछ।

साथै, गरिमा क्यापिटलले विशेष योजना सञ्चालन गर्दै ग्राहकलाई रु. १,९९९ मा आजीवन, रु. ९९९ मा दश वर्ष र रु. ४९९ मा पाँच वर्षका लागि डिम्याट र मेरोसेयर खाता नवीकरण गर्ने सुविधा दिएको छ।यो शुल्क ग्राहकले गरिमा क्यापिटलको कमलपोखरी, काठमाडौंस्थित केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका शाखा, वा वेब साइट, मोबाइल वालेट, ई–सेवा, खल्ती, आइएमई पे, प्रभु पे र कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

garima capital notice https://bajarkochirfar.com/garima-capital-urges-to-pay-renewal-fees-for-demat-and-meroshare-accounts | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स