नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार बिहान भिडियो सन्देश मार्फत पार्टीलाई पूर्णतया फेरिनुपर्ने बताएका छन्। उनले पार्टी अब समुदायमा फर्किनुपर्ने, काम गर्ने तरिका परिवर्तन गर्नुपर्ने र संगठनको शुद्धिकरण तथा सुदृढीकरण आवश्यक भएको बताए।
थापाले गल्तीको दोष आफू र पार्टी नेतृत्व दुवैमा रहेको स्वीकार गर्दै कांग्रेस फेरिन नसक्दा वर्तमान दुर्गति आएको उल्लेख गरे। उनले पार्टीका सबै संयन्त्र पुनर्गठन गर्नुपर्ने र राज्यका निकायमा भएको दलीयकरण हटाउनुपर्ने आवश्यकता औँल्याए।
भिडियोमा उनले नयाँ पुस्ताले कांग्रेसप्रति मन नपराएको स्पष्ट भएको पनि बताए। अहिलेको अवस्थालाई लिएर पार्टी कार्यालय, नेताका कार्यालय र सभापतिमाथि भएको आक्रमणले पार्टीलाई निरीह बनाएको उनले बताए।
थापाले जेन–जी युवाले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने तर संविधानभन्दा बाहिर नजान पनि पार्टीलाई आग्रह गरेका छन्। उनले आगामी ७७ वटै जिल्लामा भ्रमण गरी पार्टी पुनर्गठनमा सक्रिय भूमिका निर्वाह गर्ने योजना रहेको बताए।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया