SHAREHUBSHAREHUB

गगन थापाले मागे अहिलेसम्म गरेका गल्तिका लागि माफी

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २६ गते
AdvertisementAds
गगन थापाले मागे अहिलेसम्म गरेका गल्तिका लागि माफी
AdvertisementAds

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीप्रति माफी माग्दै सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार सार्वजनिक गरेको भिडिओ सन्देशमा थापाले वर्तमान स्थितिलाई सम्हाल्न आफ्ना प्रयास सफल नभएको भन्दै माफी मागेका हुन्। उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरतामा ध्यान दिन र संविधानभन्दा बाहिर गएर समाधान खोज्न नलग्न आग्रह पनि गरेका छन्।

थापाले भने, “संविधानलाई कायमै राखेर यसको भित्र संशोधन र परिमार्जन गरौं। तपाईंहरूले सुझाव अनुसार काम गर्नेछौं। पार्टी सुधार्ने, नेतृत्व परिवर्तन गर्ने तयारी छ। तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउँछ।”

साथै, सामाजिक सञ्जाल बन्द हुँदा उनले पार्टी र सरकारलाई तुरुन्त खोल्न आग्रह गरे पनि कसैले पालन नगरेको उल्लेख गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स