१०० रुपैयाँको भन्सार नियम ‘हेपाहा नीति’ भएको गगन थापाको आरोप

१०० रुपैयाँको भन्सार नियम ‘हेपाहा नीति’ भएको गगन थापाको आरोप

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले लागू गरेको ‘१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने’ निर्णय अव्यवहारिक भएको बताएका छन्। सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमणपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

थापाका अनुसार, उक्त नियमले सीमा क्षेत्रका नागरिकको दैनिक जीवनलाई थप कठिन बनाएको छ। उनले स्थानीय बासिन्दासँगको भेटमा देखिएको समस्या र आक्रोशले आफू गहिरो रूपमा प्रभावित भएको उल्लेख गरेका छन्।

उनले उदाहरण दिँदै सीमामा काम गरेर फर्किएका मजदुरहरू साना सामानका कारण समेत घण्टौँ रोकिनुपरेको बताए। एक स्थानीय महिलाको भनाइ उद्धृत गर्दै उनले पहिले सहज रूपमा सीमा पार गर्न पाइन्थ्यो तर अहिले डर र असहजताबीच आवतजावत गर्नुपर्ने अवस्था आएको बताएका छन्।

थापाले यो नियम कानुनमै पहिले देखिनै भए पनि व्यवहारमा लागू गर्दा अव्यवहारिक देखिएको स्वीकार गर्दै यसलाई समयमै सुधार गर्न नसकिएकोमा आफ्नो पक्षको कमजोरी रहेको पनि उल्लेख गरेका छन्।

उनका अनुसार, यो नीति नागरिकमैत्री नभई ‘हेपाहा प्रकृतिको’ भएको र विशेषगरी मधेश क्षेत्रका जनताको दैनिकीमा प्रत्यक्ष असर परेको छ। उनले महिल, विद्यार्थी, किसान र श्रमिक वर्ग सबैभन्दा बढी प्रभावित भएको दाबी गरेका छन्।

थापाले सरकारसँग यो निर्णय तत्काल फिर्ता लिन र सीमा क्षेत्रको पुरानो सहजता कायम गर्न माग गरेका छन्। सीमा क्षेत्रलाई देशको अर्थतन्त्र, संस्कृति र विश्वासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले यस्ता नीति सच्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।

Screenshot 2026 04 30 143828 https://bajarkochirfar.com/gagan-thapa-alleges-that-the-rs-100-customs-rule-is-a-hepaha-policy | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स