नेपाल इन्स्योरेन्स कम्पनीले आज (भदौ २७) गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेका सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको हो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँमध्ये ३४.७८ प्रतिशत अर्थात् ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर १ सय रुपैयाँ अंकित मूल्यमा जारी भएको थियो। संस्थापक सेयरधनीतर्फ ४ हजार ४६८ कित्ता र सर्वसाधारणतर्फ १ लाख ९२ हजार ५७४ कित्ता सेयरमा आवेदन नपरेको थियो।
लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ५ गते तोकिएको छ। आवेदनका लागि संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर आवेदन दिनुपर्नेछ।
सेयर बिक्रीको प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। आवेदन एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय (लाजिम्पाट) तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखाबाट दिन सकिनेछ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया