एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन्। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४० अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।
कुल सेयरमध्ये संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता, र सर्वसाधारणतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता सेयर रहेका छन्। आवेदन दिनेको लागि न्यूनतम सेयर मूल्य रु. १०० तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले आवेदन मुक्तिनाथ क्यापिटल, नक्साल कार्यालय तथा मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखा मार्फत पेश गर्न सक्नेछन्। आवेदन पेश गर्ने अन्तिम मिति भदौ २९ हो।













![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया