insta insta

आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको सेयर किन्न पाउने

आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको सेयर किन्न पाउने
Advertisement Ads

राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। आज (साउन १३ गते)देखि सुरु भएको यो लिलामी साउन २० गतेसम्म कायम रहनेछ।

उक्त सेयरमध्ये ५ लाख ६४ हजार १० कित्ता सेयरमा कुनै लकइन अवधि छैन, भने बाँकी १ लाख ४० हजार १०१ कित्ता सेयरमा साउन ८ गतेसम्मको लकइन अवधि रहेको थियो, जुन अहिले सकिएको छ।

कम्पनीले उक्त सेयरहरू प्रति कित्ता न्यूनतम १०० रुपैयाँमा बिक्री गर्न लागेको हो। इच्छुक आवेदकले कम्तीमा १०० कित्ता (१०,००० रुपैयाँ बराबर) र बढीमा सम्पूर्ण उपलब्ध सेयरका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्रहरू काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बुझाउन सकिनेछ। साथै, मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, चिप्लेढुंगा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरूमा पनि बोलपत्र फारम उपलब्ध हुनेछ।

यस लिलामीमा कम्पनीका संस्थापक, सर्वसाधारण, कम्पनीहरू तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्।

lilami rapti hydro share https://bajarkochirfar.com/from-today-the-general-public-will-be-able-to-buy-rapti-hydro-shares-for-just-rs-100-per-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स