भदौ २२ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफ इन्स्योरेन्सको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १५ गते
भदौ २२ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफ इन्स्योरेन्सको सेयर किन्न पाउने
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गर्ने योजना अघि सारेको हो।

कम्पनीले असार २५ देखि साउन २० गतेसम्म चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। यस क्रममा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरिएको थियो।

अब विक्री नभएको संस्थापक समूहका ३० हजार ३८ कित्ता र सर्वसाधारण समूहका ३ लाख २८ हजार ४७३ कित्ता गरी ३ लाख ५८ हजार ५१२ कित्ता सेयर लिलाममार्फत बिक्रीमा ल्याइनेछ।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले आवेदन बिक्री प्रबन्धक कार्यालय तथा मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही–दाङ, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स