भदौ २७ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै नेपाल इन्स्योरेन्सको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २० गते
भदौ २७ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै नेपाल इन्स्योरेन्सको सेयर किन्न पाउने

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर लिलामी बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०:३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेका सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

यसअन्तर्गत संस्थापक समूहको १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारण समूहको ४ हजार ४६८.७६ कित्ता हकप्रद सेयर बिक्रीमा आउनेछन्। लगानीकर्ताले असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यमा आवेदन दिनुपर्नेछ। बोलपत्र पेश गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता आवेदन दिनुपर्ने व्यवस्था छ। सोभन्दा बढी आवेदन गर्न चाहिने संख्यामा १० अंकले भाग जाने किसिममा मात्र आवेदन दिन सकिनेछ।

यस लिलामीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय तथा पोखरा (चिप्लेढुङ्ग), बुटवल (ट्राफिकचोक), वीरगंज (आदर्शनगर) र विराटनगर (गोल्छाचोक) शाखाबाट बोलपत्र आवेदन फाराम प्राप्त र बुझाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स