रवि लामिछाने फर्किएको भोलिपल्टै भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
रवि लामिछाने फर्किएको भोलिपल्टै भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार (जेठ २३) तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री खनाल नयाँ दिल्ली जान लागेका हुन्।

भ्रमणका क्रममा उनले नेपाल–भारत सम्बन्धका विविध विषयमा हुने द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। साथै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका पनि तय भएको बताइएको छ।

रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमण सकेर फर्केको भोलिपल्ट परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली जान लागेका हुन् । लामिछाने शुक्रबार (जेठ २२) नेपाल फर्कने कार्यक्रम छ।

भारत भ्रमणका क्रममा रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदी, विदेशमन्त्री जयशंकर तथा गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स