SHAREHUBSHAREHUB

अन्तरिम सरकारमा पाँच मन्त्री थपिँदै, राष्ट्रपति पौडेलले दिउँसो २ बजे शपथ गराउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ६ गते
AdvertisementAds
अन्तरिम सरकारमा पाँच मन्त्री थपिँदै, राष्ट्रपति पौडेलले दिउँसो २ बजे शपथ गराउने
AdvertisementAds

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। नवनियुक्त पाँच मन्त्रीको शपथ ग्रहण आज (सोमबार) दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गराइने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेकी थिइन्। सिफारिसमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार रहेका छन्। सिन्हा उद्योग, मिश्र स्वास्थ्य, परियार कृषि, खरेल सञ्चार र पुन शिक्षामन्त्रीमा सिफारिस भएका हुन्।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

हाल सरकारमा केवल तीन मन्त्री मात्र रहेका छन्। स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस भएकी संगीता कौशल मिश्रको नाममा विवाद उत्पन्न भएको छ। विभिन्न पक्षले उनको अंगीकृत नागरिक भएको भन्दै नियुक्तिप्रति प्रश्न उठाइरहेका छन्।

प्रधानमन्त्री कार्की पूर्वप्रधानन्यायाधीश हुन् र गत भदौ २७ गते उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स