उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक संकट

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक संकट

उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेण्ट उद्योग आर्थिक संकटमा परेको छ। गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो।

उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलब भत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ। आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए।

उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो। उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ। ‘हामीसँगै कच्चा पदार्थको अभाव छैन,’ अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’

आर्थिक अभावले यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो। गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेण्ट उत्पादन गरेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स