अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) ले पुँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारलाई स्थिर र विश्वसनीय बनाउने आवश्यकतामा जोड दिएको छ।
श्वेतपत्रमा पुँजी बजारलाई थप समावेशी र सुदृढ बनाउन उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई बजारमा प्रवेश गराउन प्रोत्साहन गर्नुपर्ने, गैरआवासीय नेपाली (एनआरएन) लगानी भित्र्याउनुपर्ने तथा सरकारी ऋणपत्रसहितको ऋणपत्र बजार विकास गर्न तत्काल कानूनी सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
“पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्नेछ।” श्वेतपत्रमा भनिएको छ।
यसका साथै दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता कायम गर्नु सरकारको प्राथमिकतामा रहेको श्वेतपत्रमा उल्लेख छ।

अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे अर्थतन्त्रको ‘श्वेतपत्र’ (पूर्णपाठ)
















प्रतिकृया