SHAREHUBSHAREHUB

अर्थमन्त्री वाग्ले भन्छन्, ‘बजेटले कसैलाई काखा र कसैलाई पाखा गर्दैन’

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २७ गते
AdvertisementAds
अर्थमन्त्री वाग्ले भन्छन्, ‘बजेटले कसैलाई काखा र कसैलाई पाखा गर्दैन’
AdvertisementAds

स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट समावेशी हुने बताएका छन्। शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने तयारी गरिरहेको बताएका हुन्।

उनले वैशाख अन्तिमतिर बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक हुने र जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने जानकारी दिए।

अर्थमन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी को चुनावी बाचापत्रलाई आधार बनाएर बजेट निर्माण भइरहेको उल्लेख गरे। “हामीले चुनावमा बाचापत्रमा जे–जे प्रतिबद्धता गरेका थियौँ, त्यसलाई न्याय गर्ने गरी बजेट ल्याउने प्रयास गरिरहेका छौँ,” उनले भने।

उनका अनुसार वर्तमान सरकारले ल्याउने बजेटले कुनै पनि क्षेत्र वा वर्गलाई विभेद नगर्नेछ। ‘कसैलाई काखा र कसैलाई पाखा गर्ने कुरा छैन, समावेशी बजेट आउँछ’, उनले स्पष्ट पारे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स