SHAREHUBSHAREHUB

अर्थमन्त्री वाग्लेले भने, ‘खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं’

AdvertisementAds
अर्थमन्त्री वाग्लेले भने, ‘खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं’
AdvertisementAds

अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन्। उनले सरकारले लगानीमैत्री वातावरण निर्माण, कर प्रणाली सुधार तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर नीति अघि बढाएको बताए।

आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानी वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम ल्याइएको जानकारी दिए।

उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार नै धेरै कुरा गरेको हो । यसमा कसैले लबिङ गरेर, मागेर होइन । खुलेर आउँ, ट्याक्स तिरौँ, गर्विलो नागरिक बनौँ। राज्यलाई पनि भरथेग गरौँ भनेर रेट घटाएर रेभिन्यु बढाउने सिद्धान्ततिर हामी गएका छौँ। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेका हौं ।’

मन्त्री वाग्लेले आयकरको सीमा लामो समयदेखि पुनरावलोकन नभएको भन्दै कर संरचनामा सुधार आवश्यक रहेको धारणा राखे। साथै, शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण एक खर्ब रुपैयाँभन्दा बढी बक्यौता थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको जानकारी दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स