SHAREHUBSHAREHUB

जन्मदिनकै दिन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
AdvertisementAds
जन्मदिनकै दिन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले
AdvertisementAds

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछन्।आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान सरकारको पहिलो बजेट भएकाले यसलाई निकै चासोका साथ हेरिएको छ। अर्थतन्त्र, रोजगारी, पूर्वाधार र सुधारका क्षेत्रमा सरकारले के–कस्तो प्राथमिकता तय गर्छ भन्ने विषयमा सरोकारवालाको ध्यान केन्द्रित छ।

यस दिन अर्थमन्त्री वाग्लेका लागि व्यक्तिगत रूपमा पनि विशेष छ, किनकि आज उनको जन्मदिन पनि हो। सन् 1974 मे 29 मा गोरखाको बुङकोटमा जन्मिएका उनी आज ५२ वर्ष पूरा गर्दैछन्। विक्रम संवत अनुसार भने उनको जन्मदिन भोलि, अर्थात जेठ १६ गते पर्छ।

जन्मदिनकै दिन बजेट प्रस्तुत गर्ने अवसरले उनलाई थप उत्साहित बनाएको छ। जेन–जी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका वाग्लेले यसपटकको बजेटलाई ऐतिहासिक बनाउन तयारी गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स