एक्सेल डेभलपमेन्ट बैंकले मर्जर प्रस्तावसहित साधारणसभा डाक्यो, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १८ गते
एक्सेल डेभलपमेन्ट बैंकले मर्जर प्रस्तावसहित साधारणसभा डाक्यो, बुक क्लोज कहिले ?

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी चैत ११ गते सोमबार आफ्नो उन्नाईसौं वार्षिक साधारणसभा डाकेको छ। बैंकको फागुन १७ गतेको सञ्चालक समितिको बैठकमा सभा झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बस्ने निर्णय गरिएको हो।

सभामा अन्य बैंक र वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक प्रक्रिया गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको बैठक भत्तामा वृद्धि गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, गत आवको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी चालू आवको लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, र सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि छलफल गरिनेछ।

सभा प्रयोजनका लागि बैंकले फागुन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा, फागुन २८ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभ प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स