कुलमान लक्षित ऊर्जा मन्त्रीको टिप्पणी: ‘कामभन्दा प्रचारबाजी गर्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ’

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १४ गते
कुलमान लक्षित ऊर्जा मन्त्रीको टिप्पणी: ‘कामभन्दा प्रचारबाजी गर्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ’
AdvertisementAds

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्मचारीहरूबीच कामभन्दा प्रचारबाजी गरेर स्थापित हुन खोज्ने प्रवृत्ति बढिरहेको आरोप लगाए। उनले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्ने प्रतिस्पर्धा चलिरहेको भन्दै त्यसप्रति सरकार सचेत रहेको बताए।

मन्त्री खड्काले प्रचारबाजी र मिडियाबाजी गरेर नभई, काम गरेर स्थापित हुनुपर्नेमा जोड दिँदै कर्मचारीहरूलाई अनुशासित र मर्यादित ढंगले कानुनी सीमाभित्र रही कार्य गर्न आग्रह गरे।

‘कर्मचारी साथीहरूलाई पनि हेर्छु बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्‍याउँदैन । साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठीक ठाउँमा राख्नुपर्ने
सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईंहरूको पनि ध्यान जाओस्,’ उनले भने ।

उनको यो भनाइ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि आएको हो। घिसिङको बर्खास्तीपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको बेला मन्त्री खड्काले कर्मचारीहरू प्रचारबाजीमार्फत होइन, कामबाट आफूलाई स्थापित गर्नुपर्ने धारणा राखेका हुन्।

ऊर्जा मन्त्रीले सरकारले सन् २०३५ भित्र २८,५०० मेगावाट विद्युत उत्पादन र प्रतिव्यक्ति वार्षिक १,५०० युनिट विद्युत खपत पुर्‍याउने लक्ष्य राखेको जानकारी गराए। उनले अबको दुई वर्षभित्र मुलुकका सबै घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, गरीब तथा विपन्न वर्गका लागि सरकारले प्रतिमहिना ५० प्रतिशत विद्युत महसुल छुट दिने व्यवस्था गरेको पनि उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स