SHAREHUBSHAREHUB

निर्वाचन आयोगले सार्वजनिक गर्यो ६३ दलका उम्मेदवारहरूको बन्दसूची [सूचीसहित]

AdvertisementAds
निर्वाचन आयोगले सार्वजनिक गर्यो ६३ दलका उम्मेदवारहरूको बन्दसूची [सूचीसहित]
AdvertisementAds

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दलहरूले पेस गरेका समानुपातिकतर्फका उम्मेदवारहरूको सूची आइतबार सार्वजनिक गरिएको हो।

सार्वजनिक विवरणअनुसार ५७ वटा निर्वाचन चिन्हमा दर्ता भएका ६३ राजनीतिक दलका कुल ३ हजार २ सय १३ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश छ। दलहरूले उक्त समानुपातिक सूची गत पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाएका थिए।

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यतासम्बन्धी दाबी वा विरोध गर्न चाहने मतदाताले माघ १० गतेसम्म निवेदन दिन सक्नेछन्। दाबी–विरोधका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यता, प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन भोलि मंगलबार हुने निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ। यस निर्वाचनमार्फत समानुपातिक प्रणालीबाट ११० जना र प्रत्यक्ष प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्।

AdvertisementAds
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स