फागुन २१ गते हुने निर्वाचनमा सम्भावित सहकार्यका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ।
ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा जारी छलफलमा दुई नेताबीच आगामी निर्वाचन रणनीतिबारे संवाद भइरहेको बताइएको छ। छलफल भित्र चलिरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङको उपस्थिति देखिएको छ।
सुदन गुरुङले सहमतिका लागि दबाब दिन भन्दै छलफल स्थलको गेटमा ताला लगाएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै सहमति नजुट्दासम्म रवि लामिछाने र बालेन शाहलाई बाहिर निस्कन नदिने बताएका छन्।
भिडियो सन्देशमा गुरुङले भनेका छन्, “जबसम्म दुई जना मिल्नु हुँदैन, तबसम्म यो गेट खुल्दैन। हामी यहाँ गार्ड बनेर बसेका छौँ। कोही पनि भित्र छिर्न र बाहिर निस्कन पाउने छैन।”
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया