दुर्गा प्रसाईंले दर्ता गरे नयाँ दल, कोको छन् सदस्यहरू ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ३० गते
दुर्गा प्रसाईंले दर्ता गरे नयाँ दल, कोको छन् सदस्यहरू ?

दुर्गा प्रसाईंले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन्। दलको सभापति माधवप्रसाद खतिवडा (माधव कल्पित) बनाएका छन्। कल्पितले दुर्गा प्रसाईंको स्वकीय सचिवका रूपमा काम गरिसकेका थिए।

कल्पितले आफू सभापति रहने गरी दल दर्ताको सबै प्रक्रिया पूरा गरेका र नागरिकलाई जानकारी दिएका छन्। तर उनले स्पष्ट पारेका छन् कि दलको वास्तविक मुख्य व्यक्ति दुर्गा प्रसाईं नै हुन्। आइतबार बिहान कल्पितसहित पार्टीका सदस्यहरूले निर्वाचन आयोगमा सनाखत गरिसकेका छन्।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। नागरिक बचाउ महाअभियानले २७ बुँदे माग राख्दै दल दर्ता गरेर निर्वाचन तयारी पनि सँगसँगै अगाडि बढाउने योजना बनाएको कल्पितले बताए।

पार्टी नेतृत्व:

  • सभापति: माधवप्रसाद खतिवडा (माधव कल्पित)

  • उपसभापति: ईश्वरीप्रसाद भट्टराई, देवीप्रसाद संग्रौला

  • महामन्त्री: प्रेमकुमार थाम्सुहाङ

  • सहमहामन्त्री: विष्णु बोहोरा क्षेत्री

  • कोषाध्यक्ष: सुष्मा रेग्मी रिजाल

  • प्रवक्ता: प्रेम थापा मगर

सदस्यहरू:
रामकुमार कार्की, प्रविन लामा, शक्तिराज शाही, दिवाकरमान सिंह बस्नेत, लुजा राई, रेनुकादेवी खरेल, तुलसाकुमारी खत्री, राजेन्द्रबहादुर दमाई, विजय थापा, तेजेन्द्र रायमाझी, हरदेव महत्तो, बलबहादुर तामाङ, नवराज दुलाल, दानुमाया थापा, रेणु हमाल शाही, दीनेश पाख्रिन, राजु श्रेष्ठ, पुष्पराज भण्डारी, सुरेन्द्रकुमार कार्की, कमला माया क्षेत्री।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स