SHAREHUBSHAREHUB

जनकपुरबाट डा. वाग्लेको घोषणा: ‘विकृत आर्थिक मोडल फेर्छौँ, मधेसलाई समृद्धिको इन्जिन बनाउँछौँ’

AdvertisementAds
जनकपुरबाट डा. वाग्लेको घोषणा: ‘विकृत आर्थिक मोडल फेर्छौँ, मधेसलाई समृद्धिको इन्जिन बनाउँछौँ’
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले मधेसलाई राष्ट्रिय समृद्धिको केन्द्र बनाइने बताएका छन्।

सोमबार जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले अब विकासको केन्द्रमा मधेसलाई राखेर अघि बढ्ने योजना रहेको बताए।

देशको वर्तमान साघुरिएको र विकृत आर्थिक मोडल परिवर्तन गर्ने लक्ष्यसहित मधेस प्रदेशलाई राष्ट्रिय समृद्धिको केन्द्रका रूपमा विकास गरिने उनले स्पष्ट पारे।

“राष्ट्रिय समृद्धिको केन्द्रमा मधेस प्रदेशलाई राखेका छौँ,” उनले भने।यही कारणले रास्वपाले आगामी प्रतिनिधिसभा निर्वाचनको चुनावी अभियान जनकपुरबाट सुरु गरेको उनले जानकारी दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स