संसद् चलाउन देउवा र प्रचण्डबीच बीच छलफल हुने 



Advertisement
Ads

गृहमन्त्री रमेश लेखकसँग जोडिएको भिजिट भिसा प्रकरणका कारण प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट भएको भिजिट भिसा सम्बन्धी बदमासीबारे प्रचण्डले देउवासँग कुराकानी गर्ने योजना बनाएका हुन्। प्रतिपक्षी दलहरूले शुक्रबार नयाँ वानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले संसद् गतिरोध अन्त्यका लागि कांग्रेस सभापति देउवासँग प्रचण्डले छलफल गर्ने निर्णय गरेका थिए।


Advertisement

आजै प्रचण्डले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए। त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले संसद् गतिरोध अन्त्यका लागि देउवासँग छलफल गर्ने बताएका छन्।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रचण्ड र देउवा बीच छिट्टै संसद् गतिरोध अन्त्य गर्न छलफल हुने बताए, तर समय भने अझै निश्चित नभएको जानकारी दिए।

सहमति खोज्ने प्रयासका क्रममा सत्तारुढ र प्रतिपक्षी दलहरू सक्रिय भएपछि प्रतिनिधिसभा बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन गर्ने माग गर्दै आएका छन्।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर