SHAREHUBSHAREHUB

सभापतिको प्रस्तावक प्रधानमन्त्री स्वयं भएपछि गुट उपगुटको चर्चा सकियो: प्रधानमन्त्रीका सल्लाहकार साह

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १० गते
AdvertisementAds
सभापतिको प्रस्तावक प्रधानमन्त्री स्वयं भएपछि गुट उपगुटको चर्चा सकियो: प्रधानमन्त्रीका सल्लाहकार साह
AdvertisementAds

 रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीमा कुनै गुट नभएको बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता बालेन शाह बसेपछि गुटको चर्चा अन्त्य भएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन। सभापतिको प्रस्तावक स्वयम् प्रधानमन्त्री भएपछि यो गुट उपगुट यहीँ सकियो। गुट उपगुट भन्ने नै छैन।’

संविधान संशोधन कार्यदलको संयोजक समेत रहेका साहले भने, ‘ संविधान संशोधन राष्ट्रिय सहमति अनुसार हुन्छ । दलको आ-आफ्नो धारणा हुन्छ। बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौँ।’

प्रदेश खारेजीको प्रस्ताव आएपछि सङ्घीयता खारेज गर्ने बाटोमा जानुभयो हो ? भन्ने जिज्ञासामा उनले थपे, ‘बहस पत्र तयार गर्ने क्रममा हामीले सबैको कुरा सुन्छौँ । पूर्वराष्ट्रपतिदेखि, पूर्वप्रधानमन्त्री देखि सबैका कुराहरू सुनिरहेका छौँ । त्यसमा एउटा राष्ट्रिय सहमति हुन्छ, त्यसमा यही नै भन्ने छैन ।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स