दशैँ तिहारका लागि सहुलियत पसल भदौ ३० गतेदेखि खुल्दै, कुन खाद्यान्नमा कति पाइन्छ छुट ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १७ गते
दशैँ तिहारका लागि सहुलियत पसल भदौ ३० गतेदेखि खुल्दै, कुन खाद्यान्नमा कति पाइन्छ छुट ?
AdvertisementAds

चाडपर्वलाई लक्षित गर्दै सरकारले भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत यस्ता पसल सञ्चालन गरिनेछन्।

मन्त्रालयका अनुसार उपभोक्तालाई अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सस्तो दरमा उपलब्ध गराउन चाडबाड अवधिभर सहुलियत पसल सञ्चालनमा ल्याइन्छ। खाद्य व्यवस्था कम्पनीले ४६ जिल्लामा पसल सञ्चालन गर्नेछ। यसमार्फत चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो रु ५, चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो रु ७, खानेतेलमा प्रतिलिटर रु ७ छुट दिइनेछ। साथै जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा, तितेफापर, खसी बोका, च्याङ्ग्रालगायतमा प्रतिकिलो रु १० छुट पाइनेछ।

साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा १५ स्थानसहित ३ घुम्ती पसल सञ्चालन गर्नेछ। यसले नुनमा प्रतिकिलो रु २, चिनीमा रु ५, तेल र चिउरालगायतमा प्रतिकिलो रु ७ छुट दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स