रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला, महाशाखाले भन्यो– ‘आत्तिनु पर्दैन’

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ११ गते
रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला, महाशाखाले भन्यो– ‘आत्तिनु पर्दैन’
AdvertisementAds

रसुवा–नुवाकोट क्षेत्रमा फेरि ठूलो बाढी आउने हल्ला फैलिरहेका बेला बाढी पूर्वानुमान महाशाखाले हालसम्म त्यस्तो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको स्पष्ट पारेको छ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने अवस्था रहे पनि थप ठूलो बाढी आउने विश्वसनीय सूचना हालसम्म प्राप्त भएको छैन।

महाशाखाले बुधबारको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका सर्वसाधारणलाई अपुष्ट सूचना र हल्लाको पछि नलाग्न तथा अनावश्यक रूपमा नआत्तिन आग्रह गरेको छ। हाललाई थप ठूलो बाढी आउने सम्भावना नरहेको भन्दै संयमित रहन पनि अनुरोध गरिएको छ।

आगामी समयमा नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी एसएमएसलगायत उपलब्ध विभिन्न सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्वसूचना सम्प्रेषण गरिने महाशाखाले जनाएको छ।

महाशाखाले सर्वसाधारणलाई आधिकारिक सूचना तथा स्रोतबाट प्राप्त जानकारीलाई मात्रै आधार मान्न र सुरक्षित रहन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स