सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि जित्दै नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ई–फाइभ डिलक्स कार प्राप्त गरेका छन्।
ऐरीले एनपीएलभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन्।
त्यस्तै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् भने लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जित्न सफल भयो।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमोडा एन्ड जेईको तर्फबाट कार उपहार दिने निर्णय गरिएको थियो। शारदा ग्रुप र ब्रान्ड डिजिटल लजिक प्रालिको सहकार्यमा प्रदान गरिएको यो कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।














प्रतिकृया