एनपीएलमा जितेको ओमोडा कारको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी

एनपीएलमा जितेको ओमोडा कारको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी

नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन्।

आज (सोमबार) आयोजित एक कार्यक्रममा दीपेन्द्रले ब्रान्ड एम्बेस्डरको रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरे। यस अवसरमा उनलाई ओमोडा ई-फाइभ गाडी हस्तान्तरण गरिएको छ। कार्यक्रममा उनी बुवा-आमासँग सहभागी भएका थिए।

दीपेन्द्र हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान थिए। एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका उनलाई सो उपाधिको सम्मानस्वरूप ओमोडा ई-फाइभ प्रदान गरिएको हो।

ओमोडा र जेईको नेपालका लागि आधिकारिक वितरक शारदा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालिले गाडी हस्तान्तरण समारोहको आयोजना गरेको थियो। गाडीसँगै लाग्ने कर (करिब १५ लाख रुपैयाँ) समेत कम्पनीले व्यहोर्ने जनाएको छ।

९९ किलोवाटको मोटर र ६१ किलोवाट-आवरको ब्याट्री भएको यो गाडीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स